इलाम २ को उपचुनावमा डकेन्द्रको चुनाव चिह्न मुढा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं । इलाम २ को उपचुनावमा पहिचावादी पक्षधरको सर्मथन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बुले मुढा चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगका अनुसार १९ जना उम्मेदवार छन्, जसमध्ये १२ जना दलगत र बाँकी स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारमध्ये डकेन्द्रलाई पहिचावादी पक्षधरहरुले समर्थन गरेका छन् । उनले मुढा चुनाव चिह्न पाएका छन् ।

यस्तै अर्जुनबहादुर शाहीले डोजर, डाकप्रसाद गौतमले महिला, दिपेश बोहोराले सिरिन्ज, मनोज निरौलाले माछा, योगेन्द्र गुरुङले कैंची र राज बस्यालले जुँगा सहितको अनुहार चुनाव चिह्न पाएका छन् ।

दलगत रुपमा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ उम्मेदवार छन् ।

एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्