काठमाडौं । आलोपालो मुख्यमन्त्री पाउने भएपछि नेकपा एसले बागमती प्रदेश सरकार जोगाउने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिनुअघि बालुवाटारमा भएको शीर्ष बैठकमा उनीपछि नेकपा एसले सरकारको नेतृत्व पाउने सहमति भएको छ ।
यो सहमतिसँगै अब आजै नेकपा एसले विश्वासको मत दिने समझदारी भएको हो ।

