आज पनि १८ सयले घट्यो सुनको मूल्य

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज पनि तोलामा १८ सय रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३८ हजार ७ सयमा कारोबार भएकामा आजका लागि एक लाख ३६ हजार ९ सय निर्धारण गरिएको छ । बिहीबार पनि सुनकाे मूल्यमा १८ सय रुपैयाँले घटेकाे थियाे ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला एक हजार ८ सय ६५मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ५५ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्