आँबुखैरेनीमा बस दुर्घटना हुँदा १३ जना घाइते

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३, मिलनचोकमा शनिबार बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनिबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टँदा दुर्घटना भएको हो ।

आँबुखैरेनी अस्पतालमा घाइतेको उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार, करिब १०० मिटरको दूरीमा दुई बस दुर्घटना भएको हो । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग१ज ८२९४ नम्बरको विद्युतीय माइक्रोबस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा४ख ४४७० नम्बरको मिनिबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए । रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्