अस्पतालले भन्यो– सौर्य एयरका क्याप्टेन शाक्यको स्वास्थ्य सामान्य छ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – विमान दुर्घटनामा घाइते भएका सौर्य एयरलाइन्सका क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा मीना थापाले एक विज्ञप्तिमार्फत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको जनाएकी छन् ।

बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ ।

शाक्यलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो ।

“क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य  छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ भाँच्चिएका छन्,” विज्ञप्तिमा भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्