गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी, दिपक मनाङे फेरी मन्त्री बने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारी, दिपक मनाङे फेरी मन्त्री बने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् । मुख्यमन्त्री सहित माओवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद दिपक मनाङेले पनि शपथ लिएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि एमालेका खगराज अधिकारीले संविधानको धारा १६८ (२) अनुसार आज बिहान दाबी पेश गरेका गरेका थिए ।

अहिले अधिकारीलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ र स्वतन्त्र १ गरी ३१ जना सांसदको समर्थन रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्