पुलजिपमा दुई बस आपसमा ठोक्किदा पाँच जना घाइते

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजिपमा दुई वटा बस एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट पोखरा तर्फ जादै गरेको मधेस प्रदेश ०३ ०१ ख ७८७६ नम्बरको यात्रुबाहक बस र विपरित दिसाबाट आउदै गरेको ना ५ ख ३२४० नम्बरको बस आँबुखैरेनी गाउपालिका वडा नं. ४ पुलजिपमा एकआपसमा ठक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि ५ जना घाइते भएको र उपचारको लागि भरतपुर पठाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्