म्याग्देमा एकीकृत घुम्ति शिविरबाट ९३५३ लाभान्वित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली : स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधार, कृषि,पर्यटन र पुर्वाधारलाई मुल आधार वनाएको म्याग्दे गाँउपालिकाले शुरु गरेको एकिकृत घुम्ती शिविरवाट ९३५३ सेवाग्राही लाभान्वित भएका छन् ।

पालिकाभित्रका ७ वटै वडाका टोलस्तरमा संचालन गरिएको शिविर फागुण २१ गते देखि चैत्र ८ गतेसम्म संचालन भएको थियो । शिविरवाट लाभ लिनेहरु मध्ये स्वास्थ्य उपचार सेवा अन्तरगत ३०३८ जना रहेका छन् भने आयुवैद्ध उपचार सेवा ८७८ जनाले लिएका छन् ।

यस्तैगरी कृषि सेवा २९१५ जनालाई दिईएको छ भने पशुको उपचार शाखावाट १९२६ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताए ।

यस्तैगरी शिविरवाट ७५ जना अपाङ्गता तथा जेष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिक सम्वन्धी ४८ वटा उपभोक्ता समितीले विभिन्न सेवा लिएका छन् । व्यापार व्यवसाय तथा संस्था दर्ता यस अवधिमा ५९ वटा दर्ता गरिएको छ भने पन्जिकरण शाखा अन्तरगत ५७ जना सेवाग्राहीहरु लाभान्वित भएका छन् ।

त्यस्तै शिविरवाट प्रशासनिक कार्यमा ३५७ जना सेवाग्राहीले सेवा लिएको गाँउपालिकाले जनाएको छ । यसअघि पनि पालिकाले मृगौला परिक्षण, पाठेघरको परिक्षण, ३ दिने क्यान्सर परिक्षण, पहिलो चरणको एकिकृत घुम्ति शिविर संचालन गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्