दमौली ८ असोज,
तनहुँमा डेङ्गु रोगको संक्रमणले मानिसहरुलाई ग्रसित बनाइरहेको छ । डेङ्गु रोगको कारण दिनानुदिन ज्यान गुमाउनेको संख्या बढदो रहेको छ । डेङ्गु रोगको संक्रमणले आज मात्रै दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. २ दमौली बजार निवासी जिवन श्रेष्ठ र प्रमिला श्रेष्ठकी १३ बर्षिय छोरी प्रजिता श्रेष्ठ र भानु-१२ निवासी बर्ष ५ रोमन अधिकारी रहेका छन् ।