बुधबार संविधान दिवसको अवसरमा तनहुँको दमौलीमा प्रभातफेरी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

संविधान दिवसको अवसरमा बुधबार तनहुँको दमौलीमा प्रभातफेरीको आयोजना गरिएको छ । प्रभातफेरीमा तनहुँ क्षेत्र नं १ का सांसद डा.स्वर्णिम वाग्ले, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, म्याग्दे गाउँपलिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीको सहभागिता थियो । प्रभातफेरीले प्रशासनचोकबाट सुरु भई दमौली बजारको परिक्रमा गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्