तनहुँ कारागारबाट ११ कैदीबन्दी रिहा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

संविधान दिवसको अवसरमा तनहुँ कारागारबाट ११ कैदीबन्दी रिहा भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल द्धारामाफी भएपछि तनहुँ कारागारका ११ कैदीबन्दी रिहा भएका हुन्। पचास प्रतिशत कैद भुक्तानी गरी असल आचरण भएका १२ जनाको कैद मिनाहाका लागि सिफारिस गरिएको मध्य ११ जना रिहा भएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

रिहा हुनेमा कर्तव्य ज्यान मुद्धाका दुई, नकबजनी चोरीका दुई, डाकाँ चोरीका दुई ,व्यत्ति बेपत्ता मुद्धाका तीन र सवारी ज्यानका दुई जना रहेका छन् । तीमध्ये एकजना स्याङ्जा, एकजना म्याग्दी, एक जना धादिङका हुन् भने बाकी ९ जना तनहुँका रहेका छन् । सबैलाई आजै रिहा गरी आफन्तको जिम्मा लगाइएको अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्