
लियो क्लब अफ तनहुँ र लियो क्लब निर्मल अल्फाले व्यास नगरपालिका– ४ कालिका मन्दिरको आसपासमा संविधान दिवसको अवसर पारेर सरसफाई गरेको छ । क्लबले प्रत्येक बर्ष कालिका मन्दिरमा सरसफाई गर्दै आएको क्लवका सचिव मुकेश बिडारीले जानकारी दिए । क्लवले ३ बर्ष अगाडी मन्दिर जाने बाटोमा १५ ठाउँमा डस्वीन राखेको सचिव मुकेश बिडारीले जानकारी दिए।