दमौली अस्पतालमा डेङ्गु पोजेटिभका बिरामीको संख्या बढ्दै

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ ३० भदौ

तनहुँको सदरमुकाम स्थित दमौली अस्पतालमा दैनिक डेङ्गु पोजेटिभका बिरामी बढ्न थालेका छन् ।
दिनमा दशदेखि तेह्र जनाको हाराहारीमा डेङ्गु पोजेटिभका बिरामी हुने गरेको सो अस्पतालले जनाएको छ ।
अस्पतालको ओपिडी र आकस्मिक कक्षमा गरी दैनिक तीन सय पचास जनाको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् ।
पन्ध्र शैय्याको अस्पतालमा क्षमता भन्दा बढी बिरामीको उपचार गर्दै आएको दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिए ।
दिनमा चालिसदेखि पचास जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन् । महिला र पुरुषलाई छुट्टा छुट्टै राखेर उपचार गर्दा शैय्याको अभाव देखिएपछि एउटै कोठामा राखेर उपचार गर्न थालिएको छ ।
भाइरल फिवरका बिरामीले टाउँको दुखेमा,ज्वरो आएमा सिटामल सेवन गर्ने,आराम गर्ने,झोझिलो पदार्थ प्रशस्त मात्रमा प्रयोग गर्न बिरामीलाई सुझाब दिने गरिएको छ ।
सुगर,प्रेसर लगायतका दीर्घकालिन रोगबाट समस्यामा रहेका बिरामी यसै पनि कमजोर हुन्छन्,डेङ्गु पोजेटिभ भएकालाई झन समस्या हुने भएकाले इक्युपमेन्ट राम्रा भएका अस्पतालमा रिफर गर्ने गरिएको उनले बताए ।
ज्वरो आएमा,रुघाखोकी लागेमा,सिगान बगेमा,खकार पाकेमा ब्याक्टेरियाले आक्रमण गरी कमजोर बनाएको अवस्थामा एन्ट्रिबायेटिक औषधी चलाउन सकिन्छ ।
डेङ्गु फिवर भएर डेङ्गु पत्ता लागेको अवस्थामा एन्ट्रिबायेटिक औषधी चलाउन सकिन्छ,उनले भने,‘नत्र भने ज्वरो आउँदैमा एन्ट्रिबायेटिक औषधी चलाउनु हुदैन्,आराम र आहारबिहारमा ध्यान दिन आवश्यक छ ।’
त्यसैगरी जिल्लाको मुख्य शहर आँबुखैरेनी,डुम्रे,भीमाद,बेलचौतरा लगायतका अन्य क्षेत्रका क्लिनिकहरुमा पनि भाइरल फिवरका बिरामीको चाप बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

जनचाहना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्