तनहुँको आबुँखैरेनीमा १ किलो ९ सय ग्राम गाजा सहित दुई जना पक्राउ

अस्मिता विश्वकर्मा
  • ख-
  • ख+

तनहुँ दमौली । तनहुँको आबुँखैरेनी गाउँपालिका –४ बेनीटारमा १ किलो ९ सय ग्राम गाजा सहित दुई जना पत्राउ परेका छन् ।
मुग्लिन तर्फबाट आबुँखैरेनी तर्फ आउदै गरेको यात्रुवाहक ग.२ ख ७५७ नं को बसलाई रोकी जाचँ गर्दा बसमा सवार दुई जनालाई गाजा सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । पक्राउ पर्ने पोखरा महानगरपालिका वडा नं ९ बस्ने २३ बर्षीय इश्वर नेपाली र सोहि ठाँउ बस्ने २६ बर्षिय सन्जय केसी रहेका छन् । दुवै जना बिरुद्ध तनहुँ अदालतबाट बुधबार सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको खाँणले जानकारी दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्