दमौली कारागारका कैदीबन्दीले बुनेका मुढा चीनका बजारमा अत्याधिक माग

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ २४ भदौ
तनहुँको दमौली कारागारमा रहेका कैदीबन्दीले बुनेका मुढा चीनमा निर्यात हुन थालेको छ ।
गत साउन ३२ गते पहिलो पटक मुढा चीन पठाइएको सो कारागार प्रशासनले जनाएको छ ।
यहाँका कैदीबन्दीले बुनेका मुढा आर्कषक र बलियो हुने भएकाले विभिन्न देश बिदेशबाट समेत मुढाको माग हुन थालेको छ ।
बाह्य देशमा मुढा निर्यात हुन थालेपछि कैदीबन्दीहरु उत्साहित भएर मुढा बनाउने कार्यमा तल्लिन भएर खट्न थालेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिए ।
केही दिनअघि मात्रै एक हजार वटा तयारी मुढा चीन पठाइएको छ,उनले भने,‘प्रति मुढा रु।पाँच सयका दरले बिक्रीका लागि पठाइएको हो ।’
कारागारको ‘ए’ ब्लकमा रहेका मध्ये करिब पैतालिस जनाले बुनेका मुढा स्थानीय बजारमा खपत हुने गरेको सो कारागार प्रशासनले जनाएको छ ।
त्यसैगरी ‘बी’ ब्लकमा रहेकामध्ये सत्तरी जना कैदीबन्दीले निर्माण गरेको मुढा बाह्य देशमा निर्यात हुने गरेको निमित्त कारागार प्रशासक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
उनका अनुसार महिला कैदीबन्दी भवनमा रहेका बीस जना महिला कैदीबन्दीमध्ये अधिकाँशले तानबाट कपडा बुन्ने कार्यमा व्यस्त हुने गरेका छन् ।
कारागारमा रहेका अधिकाँश कैदीबन्दीहरुले सीप सीकेर आर्यआर्जन गरी समय समयमा घरखर्च समेत पठाउने गरेको उनले बताए ।
कुनै कुनै व्यक्तिले मासिक आठ÷दश हजारसम्म सजिलै कमाएर घर पठाउने गरेका छन् । अघि बर्षहरुमा तयारी मुढा बिक्री नहुँदा चिन्तित हुने गरेका कैदीबन्दीहरु मुढाले बजार पाउन थालेसंगै उत्साहित र खुशी भएका छन् ।
व्यापारीले पेश्की स्वरुप दिएको रकमले मुढा बनाउन आवश्यक कच्चा पदार्थ खरीद गरी मुढा बनाउने गरेका छन् । उनले भने,‘कारागार प्रशासनले उक्त सामाग्री खरीदका लागि सहजीकरण गर्दै आएको छ ।’
उक्त कारागारमा अहिले बीस महिलासहित कूल दुई सय सतासी जना कैदीबन्दी रहेका छन् । जसमा तीन जना बालिका महिला कैदीबन्दीसंग नै आश्रित रहदै आएको सो कारागारले जनाएको छ ।

जनचाहना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्