तनहुँको भिमादमा मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु

अस्मिता बिश्वकर्मा
  • ख-
  • ख+

तनहुँ २१ भदौ
तनहुँको भिमादमा मोटरसाइकलमा सवार एक महिलाको बिहीबार दुर्घटनामा परि मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ थाङदी स्थित खैरेनिटारबाट भिमादतर्फ आउदै गरेको ग १६ प ५९६८ नं।को मोटरसाइकल आफै अनियन्त्रित भई  उक्त घट्ना भएको हो । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ नरीकोट निवासी ३३ बर्षकी कमला राना रहेकी तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
सोहि मोटरसाइकलमा पछाडी सवार राना गम्भिर घाईते भै तत्काल बेलचौतारा जिपी कोईराला श्वास प्रश्वाश केन्द्रमा पठाइएको थियो उपचारको क्रममा मृत्यु भएको खाँणले जानकारी दिए ।
मोटरसाइकल चालक जिल्ला तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने २७ बर्षीय योगेश थापा रहेका थिए । मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्