१० दिनपछि भेटियो कार छाडेर बेपत्ता डाक्टरको शव

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

विराटनगर २० भदौ
सप्तकोशी पुलमा कार छोडेर बेपत्ता डा। प्रज्जवल कोइरालाको १० दिनपछि शव भेटिएको छ । उनी भदौ १० गते राति सप्तकोशी नदीको पुलमा कार छोडेर बेपत्ता भएका थिए ।दमक १ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत ३२ वर्षीय सर्जन डा।कोइरालाको मंगलबार अपराह्नमा शव फेला परेको हो।
उनको शव बराहक्षेत्र नगरपालिका २ स्थित कोसीको भँगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनका अनुसार कोशीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको उनले बताए ।
उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । लोकान्तर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्