आँबुखैरेनी मिलनचोकमा टयाक्टर दुर्घटना : चालक र सहचालक दुबै घाइते

अस्मिता विश्वोकर्मा
  • ख-
  • ख+

दमौली २० भदौ
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा बुधबार बिहान भएको टयाक्टर दुर्घटनामा परी २ जना घाइते भएका छन् । पृथ्वी राजमार्ग अन्तगर्त आबुखैरेनीबाट डुम्रेतर्फ आउदै गरेको ग १ त ५५२० नं। को ट्याक्टर अनियन्त्रित भई सडकको नालीमा दुर्घटना हुन पुगेको थियो । दुर्घटना हुँदा ट्याक्टर चालक र सहाचालक घाइते भएका हुन् । घाइते हुनेमा तनहुँ जिल्ला आबुखैरेनी–२ खानीखोला बस्ने वर्ष २९ को बिशाल गुरुङ र सहचालक ऐ.ऐ बस्ने बर्ष २२ को सुरेश तामाङ रहेको प्रहरी नायक उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो । घाइते दुवैलाई तत्काल प्रारम्भिक उपचारको लागि आबुखैरेनी अस्पतालमा सामान्य उपचार पश्चात भरतपुर अस्पताल चितवनमा उपचार रिफर गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्