तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ १८ भदौ
जिल्लाको म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यवसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् ।
बिदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाँउपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रबद्र्धन गरेका हुन् ।
आँबुखैरेनी गाँउपालिका–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएको छ ।
‘अध्यक्षसंग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समुह मार्फत बीस हजार चार सय फूलका बिरुवा रोपिएको हो ।
आमा समुहलालाई उत्पादनमूलक समुहमा परिणत गर्ने अभियान अन्र्तगत ब्यवसायीक फुल खेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
बिदेशबाट आएको पुष्प आयतलाई प्रतिस्थापन गरी गाँउपािलकालाई पुष्पमा आत्मिनभर बनाउन यस किसिमको कदम चालेको उहाँले बताए ।
त्यसैगरी,म्याग्दे गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे– ५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाएका छन् ।
पुष्पखेती विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाले सयपत्री फूल खेती गर्ने कृषकलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
फुलमा देश आत्मनिर्भर हुन नसक्दा बर्षेनी छिमेकी देशसँग निर्भर भईरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता तनहुँका कृषकहरु पुष्पखेती तर्फ आर्कर्षित हुदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि यहाँका कृषकहरु पुष्पखेती तर्फ आकर्षित भएको पाइन्छ ।
जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर गाउँपालिका लगायतका विभिन्न स्थानमा पुष्पखेती गर्दै आएका छन् ।

जनचाहना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्