चीनले चुच्चे नक्सा नस्वीकारेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।

चीन सरकारले गरेको पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदान निमन्त्रणाका लागि बिहीबार दिउँसो बालेनको बेइजिङतर्फ जाने तय भएको थियो ।

तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग भारततिर देखाएको र नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको भन्दै उनले चीन भ्रमण जान रद्द गरेका हुन् ।

‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलता माथि गलत कदम चालेको मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नजाने नैतिकताको आधारमा निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।

नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्