नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

डोल्पाको सदरमुकाम दुनैमा अवस्थित नेपाली सेनाको नन्द बक्स क्याम्पका गुल्मपति विमल पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएका छन्।

उनी आइतबार साँझदेखि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। बडीगार्ड नलिई हिँडेकाले उनको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।

गुल्मपति पण्डितको खोजीका लागि डिएसपी शिवकुमार बुढाथोकीको नेतृत्वमा प्रहरी, प्रहरी सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको छ। मोबाइलमा चार्ज नभएको साथै नेटवर्कले राम्रोसँग काम नगर्ने भएकाले सम्पर्क नभएको हुनसक्ने उनको अनुमान छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्