एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप पाकिस्तान पुग्ने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

११ भदौ, काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार कतारको दोहा हुँदै पाकिस्तान पुग्ने बताइएको छ ।
जबरजस्ती करणीको कसुरमा सन्दीपको मुद्दा आइतबार अन्तिम सुनुवाइ हुने भएको थियो तर समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि सन्दीप सोमबार पाकिस्तान गएका हुन् । जबरजस्ती करणीको कसुरमा सन्दीपविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखको नेपाल र भारतबीचको खेल खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्