स्वर्णिम वाग्लेको आरोप– संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन्

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको आरोप लगाएका छन् ।

शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपरधी अहिलेको मन्त्रिपरिषद्‌मा रहेको बताए ।

उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनको दाबी छ । उनले अहिले कुशासनको अभ्यास भइरहेको पनि बताए ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै उनले कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप लगाए ।

महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए ।

संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडियामा विभिन्न सहकारीमार्फत रकम ल्याएर हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।

यसबारे वाग्लेले सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरीबन्धु र शरणार्थीको फाइल लुकाउन लामिछानेलाई पक्राउ गरिएको आरोप लगाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्