एकाएक सफलता हासिल गरी अघि बढदै् : आँबुखैरेनी गाउँपालिका

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

 

तनहुँको आँबुखैरेनी गाउँपालिका दश पालिका मध्ये स्वास्थ्य क्षेत्रमा तिव्र रुपमा अघि बढेको छ । गाउँपालिकाको मुख्य प्राथामिकतामा स्वास्थ्य,शिक्षा र रोजगार लगायतका रहेको छ । त्यसै अनुरुप गाउँपालिकाले एकाएक सफलता हासिल गर्दै अघि बढ्न थालेको छ । केही दिन अघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन उपकरण प्राप्त भएकाले यसै आबदेखि डायलायसिस गर्ने योजना रहेको र यसै चालु आवदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए

करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण उपलव्ध भएपछि आँबुखैरेनी अस्पतालबाट सेवा प्रदान गर्न लागेको हो । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा प्रदान गराउने घोषणा गरिसकेको छ ।
गाउँपालिकाभित्र रहेका करिब २५ मिर्गौला पीडितहरुलाई सहज रुपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गर्न लागेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

मिर्गौला पीडितकाहरु डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भोग्नुपरेको गुनासा आउन थालेपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको उनले चुमानले बताए । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको सो गाउँपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्