लामिछानेविरुद्धको बलात्कार मुद्दा न्यायाधीश पण्डितको इजलासमा,आजदेखि सुनुवाइ हुने

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

१० भदौ, काठमाडौ ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको छ ।

यो मुद्दाको सुनुवाइका लागि न्यायाधीश पण्डितको इजलासमा भने पहिलोपटक पेसी चढेको हो । यसअघि पटकपटक पेसी चढे पनि यो मुद्दामा अन्तिम सुनुवाइ हुन सकेको छैन। आइतबार पाँचौं नम्बरमा पेसी तोकिएको छ । आज सुनुवाइ भए पनि आजै फैसला आउने सम्भावना भने कम रहेको छ। न्यायाधीशले हेर्दाहेर्दैमा राखेर सुनुवाइ नगरे पुनः अर्को पेसी तोकिने छ ।

आइतबार मुद्दाको सुनुवाइ सुरु भएर हेर्दाहेर्दैमा राख्ने सम्भावना पनि हुन्छ। यसो भएमा सन्दीप लामिछाने तत्काल पाकिस्तान जान पाउने छैनन्।

स्रोत अनलाइनखबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्