सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्