दुई वटा नम्बर प्लेट राखेको मिनी ट्रकसहित ६४ बोरा चिनी बरामद

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

कपिलवस्तुमा तस्करीका लागि अनौठो तरिका अपनाइएको पाइएको छ । भारतबाट अबैधरुपमा भित्र्याइएको चिनी अर्घाखाची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी तस्करी गरेको पाइएको हो। तौलिहवा– गोरुसिंगे सडक अन्र्गत बुद्धभुमी नगरपालिका वडा नम्बर रामघाट पुल नजिकै प्रहरीले ६४ बोरो चिनी बोकेको मिनी ट्रक पक्राउ गर्दा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।

प्रहरी टोलीले शंकालागि चेक जाच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बारो चिनी सहीत पक्राउ गरिएको बोहोराले बताईन्। गोप्य सुचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताईन्। तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक समेत प्रहरी नियन्त्रणमा छन्। भारतबाट भन्सार छली चोरी गरी ल्याएको अबैध ६४ बोरा चिनी र मिनि ट्रकसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य पुरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताईन्।

स्रोत : नागरिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्