भारतमा आएको बाढीमा छ गैँडाको मृत्यु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- भारतको आसाम राज्यमा गएको बाढीको कारण छ गैँडाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार बाढीको कारण मृत्यु भएका १३० जनावरमा छ गैँडा परेको बताइएको छ ।

आसामको काजिरंगा राष्ट्रिय निकुन्जमा यस्तो घटना भएको हो । सन् २०१७ मा पनि यस्तै तनावको खबर सार्वजनिक भएको थियो । त्यो साल उक्त निकुन्जमा ३५० जीवजन्तुको मृत्यु भएको थियो ।

सरकारी अधिकारीहरुका अनुसार यो बाढीमा ९७ जीवजन्तुको उद्धार गरिएको छ । जसमा ५२ वटालाई उपचार पछि छोडिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्