
काठमाडौं- पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ । भक्तपुर अस्पतालमा लगिएकोमा उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपा(एमाले)का अध्यक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिदै आएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक(इन्सपेक्टर) उमेश थापाको रहस्यमय रुपमा सुतिरहेकै अवस्थामा मृत्यु भएको छ ।
भक्तपुरको गुन्डुस्थित घरमा सुतिरेहका बेला उनी अचेत भेटिएको र अस्पताल लैजान मृत घोषणा गरिएको थियो ।
इन्सपेक्टर थापाको नेतृत्वमा सशस्त्र प्रहरीको टोली ओलीको सुरक्षामा खटिदै आएको छ । ४२ वर्षिया थापाको मृत्युको कारणबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।