एकीकृत समाजवादीको अध्यक्षमा माधव र महासचिवमा घनश्याम सर्वसम्मत चयन

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव कुमार नेपाल सर्वसम्मत चयन भएका छन् । बिहीबार पार्टीको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत चयन भएकोे नेता जगन्नाथ खतिवडाले जानकारी दिए । त्यस्तै बन्द सत्रले सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत गरेको उनले जानकारी दिए ।

पार्टीका निर्वाचित अन्य पदाधिकारी सहित सदस्यको घोषणा शुक्रबार गरिने खतिवडाले बताए । पदाधिकारीमा पुरानाका साथै नयाँ सक्रिय सदस्यहरु आउन सक्ने उनले बताए ।

उनले कार्यकर्ताको कामको मूल्याङ्कनका आधारमा नेताहरुलाई जिम्मेवारी प्रदान गर्ने बताए । आम प्रतिनिधिको भावना अनुसार नेतृत्व चयन गरिएको भन्दै पार्टीभित्र कुनै असन्तुष्टि नरहेको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्