प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- प्रतिनिधिसभाले विनियोजन विधेयक, २०८१ पारित गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

त्यसअघि विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो र बहुमतले पारित गरेको थियो ।

निर्णयार्थ प्रस्तुत गर्नुअघि उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । सो क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित् मन्त्रीले जवाफ दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्