अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प अदालतबाट ३४ कसुरमा दोषी ठहर

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्म न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन् ।

यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ ।

दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ । आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको छ । तर, बीबीसीले जेल नभएर जरिवानाको सजाय हुन सक्ने बताएको छ ।

ट्रम्पको कानुन समुहले भने फैसलाको पुनरावेदन गर्ने बताएको छ । ट्रम्पका राजनीतिक समर्थकहरुले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा उठेका ट्रम्पलाई रोक्न कानूनी दुरुपयोग गरेको आरोप लाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्