पत्रकार न्यौपाने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकार कृष्ण न्यौपाने सम्मानित भएको छ । नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उक्त पुरस्कारबाट न्यौपानेलाई सम्मानित गरेका हुन् ।

न्यौपानेलाई नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पुरस्कार प्रदान गरे। पुरस्कारको राशी नगद १० हजार तथा सम्मान पत्र रहेको छ ।

प्रेस चौतारी तनहुँका उपाध्यक्ष न्यौपाने खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक र राष्ट्रिय समाचार समिति (रासस) का तनहुँ प्रतिनिधि हुन् ।

प्रेस चौतारी तनहुँले स्थापना गरेको अक्षयकोषबाट दिईने उक्त पुरस्कारबाट यस अघि प्रेमप्रसाद पौडेल, विश्व बन्धु भण्डारी, प्रकाशचन्द्र भट्टराई, बसन्ती बास्तोला र नारयण खड्का पुरस्कृत भईसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्