गण्डकी सरकारविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले पाएको भनिएको विश्वासको मत अवैध भन्दै नेपाली कांग्रेस गएको वैशाख २५ गते सर्वोच्च पुगेको थियो । गएको वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा विश्वासको मत लिएका थिए ।

गण्डकी प्रदेशसभामा ६० प्रदेशसभा सदस्य छन् र विश्वासको मत पाउनका लागि ३१ सांसदको समर्थन अनिवार्य चाहिन्छ । तर, उनको पक्षमा एमालेका २२, माओवादीका ६, नेपाल समाजवादी पार्टीको एक र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)सहितको ३० मत परेको थियो । कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका थिए भने राप्रपाका दुई प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।

अधिकारीको पक्षमा परेको ३० मतलाई सभामुख कृष्णप्रसाद धितालले बहुमत रहेको घोषणा गरिदिए । त्यसकैविरुद्ध कांग्रेस सर्वोच्च पुगेको थियो । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा यो आदेश आएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्