एमाले तनहुँको दशौं जिल्ला अधिवेशन सुरु

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशन शुक्रवार देखि दमौलीमा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले उदघाटन गरे । अधिवेशनमा जिल्लाका ८५ वडाबाट ५ सय ८७ प्रतिनिधि सहभागी छन् ।

अधिवेशनले पार्टीको राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष श्री प्रसाद श्रेष्ठले बताए ।

श्रोतका अनुसार हरिराज कंडेल र विष्णुभक्त सिग्देल दुवैले आ-आफ्नो प्यानलै तयारी गरिसकेका छन्। जिल्लाका वर्तमान उपाध्यक्ष कंडेल रप्रदेश कमिटीका पूर्व सदस्य सिग्देलको बलियो दाबेदारी प्रस्तुत भएको छ ।

कंडेललाई पार्टीकास्थायी कमिटी सदस्य खगराज अधिकारी लगायतका केन्द्रीय नेताहरुको समर्थन देखिएको छ । उता, सिग्देललाई भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थन देखिएको छ । निर्वाचन भएको खण्डमा गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री र वर्तमान मुख्यमन्त्री प्यानल बन्ने सम्भावना बढेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्