सुनचाँदीको मूल्य बढ्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुन एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा १५ रुपैयाँ बढेर कारोबार भएको छ । आज एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्