व्यासमा प्लाष्टिकमुक्त अभियान सम्बन्धी कार्यविधि पारित, होला त कार्यन्वयन?

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

तनहुँ- तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

आगामी जेठ १ गतेदेखि प्लाष्टिक झोलामुक्त अभियानलाई कडाईपूर्वक पालना गराउन उक्त कार्यविधि पारित गरिएको प्रवक्ता गुरुङले बताए ।

नगरपालिकाभित्र सबै प्रकारका प्लाष्टिक झोला प्रयोगमा पूर्णरूपमा निषेध गर्ने निर्णय भएकाले सामान खरीदगर्दा कपडा, फाइबर, जुट वा कागजको झोलामात्र प्रयोग गर्न नगरपालिकाले नगरबासीलाई आग्रह गरेको छ ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले प्लाष्टिक झोलामुक्त व्यास नगर अभियान सफल बनाउने दायित्व सबै नगरबासीको भएकाले सबैले सूचनाको पालना गर्ने विश्वास व्यक्त गरे ।

नियमानुसार नगरिए प्लाष्टिक झोला जफत गरी नियमअनुसार जरिवाना गर्ने व्यवस्था रहेकाले अभियानलाई सफल बनाउन सबै तह र तप्काबाट सक्रिय असहभागिता हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्