वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेपाल र वेस्ट इन्डिज एबीच दोस्रो टी– २० मा नेपाल पराजित भएको छ ।

१६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो । कप्तान रोहित पौडेल रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् ।

उनलाई अन्य ब्याटरको सहयोग पनि भएन । नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो । तर, कप्तान रोहितले सो रन बनाउन सकेनन् ।

नेपालले पावर प्लेमै चार विकेट गुमाएको थियो । त्यसपछि पनि नेपालले लगातार विकेट गुमाएको थियो । हारपछि पाँच खेलको सिरिज एक–एक भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्