सुहाङलाई ओलीले भने– अब संसद् भवनमै भेटौँला

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट इलाम–२ का उमेदवार सुहाङ नेम्वाङलाई अब संसद् भवनमै भेट्ने बताएका छन् ।

बुधबार राति सामाजिक सञ्जालबाट सुहाङसँग आज इलामको चुलाचुलीमा आयोजित कार्यक्रममा खिचिएको तस्बिर सार्वजनिक गर्दै ओलीले उनी विद्वान रहेको पनि बताएका छन् ।

“चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनेँ पनि– सुहाङ पण्डितजस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो । आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ । सुहाङ, अब संसद् भवनमै भेटौँला,” उनले भनेका छन् ।

ओली चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्