सुनको मूल्य घट्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेर कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्