अपेक्षा अनुसार बढ्न सकेन चिनयाँ कम्युनिष्ट पार्टीको सदस्य सङ्ख्या

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

बेइजिङ- चीनको सत्तारुढ कम्युनिष्ट पार्टीमा सदस्यहरुको सङ्ख्या अपेक्षा अनुसार बढ्न नसकेको पाइएको छ । हालै सार्वजनिक एक तथ्यांक अनुसार सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको सदस्य सङ्ख्या केबल १ दशमलब ४ प्रतिशतले वृद्धि भएको छ ।

यसअघि सन् २०२१ मा कम्युनिष्ट पार्टीका सदस्यको सङ्ख्या ३ दशमलब ७ प्रतिशतले बढेको थियो । सो अवधिमा ३४ लाख चिनियाँहरु कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए ।

सन् २०२२ मा भने केबल १३ लाख चिनियाँहरुमात्रै चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध भएको पाइएको छ । यसमध्ये कम्युनिष्ट पार्टीको सदस्यता लिने चिनियाँ युवाको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको देखिएको छ ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिने ३० वर्षभन्दा कम उमेर समूहका युवाकोृ सङ्ख्यामा १ दशमलब ५ प्रतिशतको गिरावट आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्