फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य १६१ रुपैयाँ कायम भएको छ ।

यसअघि निगमले गएको चैत १८ गते पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्