मिर्छुलुङ खुला कौराहा प्रतियोगितामा मगर विद्यार्थी संघ तनहुँ प्रथम

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली -तनहुँको भिमाद नगरपालिका–५, मिर्छुलुङमा आयोजना गरिएको खुला कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम भएको छ । मिर्छुलुङ भ्यू टावर परिसरमा भएको प्रतियोगितामा ७ समुहलाई पछि पार्दै नेपाल मगर विद्यार्थी संघ प्रथम भएको हो ।

मगर संघले प्रथम स्थान हाँसिल गरेसंगै रु. ७५ हजार रुपैयाँ पुरस्कार पनि हात पारेको छ । त्यस्तै प्रतियोगितामा रिसिङ सास्कृतिक समुह द्धितीय, काहुमिलन युवा क्लव तृतीय भए भने नेपाल मगर संघ भिमाद-२, बाघटार र टिकिया कानराहा ग्रुप घिरिङ् संयुक्त रुपमा सान्त्वना भए । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार रुपैयाँसहित प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेशका साँसद एवं पुर्व आर्थिकमन्त्री जीतप्रकाश आलेले पुरस्कार प्रदान गर्दै मिर्छुलुङको मौलिक कला संस्कृति संरक्षणमा यो कार्यक्रमले ठुलो भुमिका खेलेको बताए।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगरको कला, संस्कृति, पर्यटन र कृषि क्षेत्रको विकासमा नगरपालिका लागि परेको बताए।

मिर्छुलुङ भ्यू टावरका परिकल्पनाकार महेन्द्र आलेले मिर्छुलुङ सामुदायिक होमस्टेको प्रचारप्रसारसंगै मौलिक कौराहा संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्