राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं -राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी निर्वाचित भएकी हुन् ।

उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत गरेको थियो । विपक्षमा १६ मत खस्योे । बैठकमा ५५ सांसद उपस्थित रहेका थिए । त्यसअघि भएको मतविभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो ।

यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्