तनहुँमा चुनावी जीत र हारको चाबी जोशी समुहमा

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

दमौली, मंसिर २४ गते

नेपाली काँग्रेस तनहुँ–१ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा आकांक्षीको भिड २० जनासम्म पुगेको छ । यसरी हेर्दा यसले चुनावी तापक्रम बढेको संकेत दिन्छ, तर वास्तविक चुनौती भने चुनाव जित्ने संरचनागत क्षमतामा निहित छ । चुनाव केवल व्यक्तिको इच्छा, चर्चित नाम वा आकांक्षीको संख्याले जितिँदैन; संगठनको शक्ति, समूह व्यवस्थापन, मतदाताको विश्वास र आन्तरिक एकता नै निर्णायक आधार हो ।
तनहुँ–१ मा आजसम्म पनि काँग्रेसलाई जिताउन निर्णायक शक्ति भनेको  जोशी समूह हो ।  करिब २५ वर्षदेखि, व्यास, भानु देखि बन्दीपुर, आँबुखैरेनी देवघाटसम्म सक्रिय यो समूहले संगठन निर्माण, जनसम्पर्क, परिचालन र संकट व्यवस्थापनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ । क्षेत्र नम्बर १ मा  बन्दीपुर क्षेत्रका सुकुमलाल गुरुङ, केशमाया (केशु) गुरुङ, आँबुखैरेनीका सोलबहादुर चितौरे मगर, चुनाराम गुरुङ, पञ्चबहादुर गुरुङ, बन्दीपुर–१ नाहालाका रुद्रनिधि नैनाबस्ती, भानुका सहित पत्नि बालकुमारी लोहनी, केशरबहादुर गुरुङ, सीताराम बानियाँ, लीलचन्द्र पाण्डे, उपेन्द्र गुरुङ, व्यासका उर्मिला थापा(पार्वती), हरिशरण पण्डित  इन्द्रबहादुर दरै, भीमकुमार श्रेष्ठ, नरनाथ काफ्ले, क्या. रेशम गुरुङ, रघुबहादुर केसी, रामदेव पन्थ, हेमबहादुर रानाभाट, भेषबहादुर थापा, विष्णु श्रेष्ठ, इन्जिनियर दिर्घबहादुर थापा, सूर्य अधिकारी तथा देवघाटका कृष्ण न्यौपानेजस्ता व्यक्तिहरूले करिब पाँच दशक देखि स्वार्थभन्दा माथि उठेर काँग्रेस संगठनका लागि निरन्तर योगदान दिँदै आएका छन् ।
क्षेत्र नम्बर २ गोपाल भण्डारी, डा.विद्युत केशरी न्यौपाने,  आरती थापा, हरी भण्डारी, नरेन्द्र थापा, चीज कुमार श्रेष्ठ, तुलसी सिग्देल, नीलकण्ठ सिग्देल, दिल्ली राम अधिकारी लगायतले  समेत करीव पाँच दशक देखि निरन्तर रूपमा नेपाली काँग्रेसको संगठन निर्माणमा खटिँदै आएका धेरै निष्ठावान् सिपाहीहरूलाई पार्टीले पटक–पटक पाखा लगाए पनि उनीहरू अर्को पार्टीमा भने जोडिएका छैनन् । नेतृत्वप्रति असन्तुष्टि, टिकट वितरणप्रतिको असहमति, र निर्णय प्रक्रियामा उनीहरूलाई बेवास्ता गरिएको गुनासो हुँदाहुँदै पनि ती पुराना काँग्रेसजनहरूले आफ्नो राजनीतिक पहिचान भने त्यागेका छैनन् । उनीहरू आज पनि मन, मुटु र स्मृतिमा काँग्रेसलाई नै बोकेर हिँडिरहेको अवस्था छ ।
यी व्यक्तिहरू केवल कार्यकर्ता मात्र होइनन्, गाउँ–टोलका मतदातासँग प्रत्यक्ष जोडिएका भरोसायोग्य नेतृत्व हुन् । चुनावी समयमा घर–घर पुग्ने, मतदाता मनाउने, संगठन चलायमान बनाउने र संकटको घडीमा पार्टीको झण्डा नझुकाउने शक्ति यिनै हुन् । तर विगतका केही चुनावी अभ्यास हेर्दा काँग्रेस नेतृत्वले यस्ता आधारस्तम्भलाई पटक–पटक बेवास्ता गर्ने, टिकट वितरणमा उपेक्षा गर्ने र निर्णय प्रक्रियाबाट पन्छाउने गल्ती गर्दै आएको सबैले महसुस गरेका छन् ।  यसै कारण पार्टीभित्र असन्तुष्टि बढ्ने, कार्यकर्तामा निराशा फैलिने र चुनावी परिणाममा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएको यथार्थ जनसमक्ष स्पष्ट हुँदै गएको छ ।
आज मतदाता मात्रै होइन, कार्यकर्ता पनि अत्यन्त सचेत छन् । उनीहरू अब न्यायपूर्ण प्रक्रिया, समूहको सम्मान र संगठनभित्रको सन्तुलनमा आधारित निर्णय चाहन्छन् । जोसुकै उम्मेदवार भए पनि, यदि जोशी समूहसँग सशक्त समन्वय हुन सकेन भने काँग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण बन्ने संकेत प्रस्ट देखिन्छ ।
यता विपक्षी दलहरू संघीयदेखि स्थानीय तहसम्म आक्रामक तयारीमा देखिन थालेका छन् । जोशी समुहको यस प्रभाव तनहुँ मात्रै यस जिल्लासँग जोडिएका लमजुङ, गोरखा, कास्की समेत पुग्ने देखिन्छ ।
बदलिँदो राजनीतिक समीकरण, गठबन्धनका सम्भावना र मतदाताको निराशा काँग्रेसका लागि अवसरसमेत हो, तर खतरा पनि उस्तै छ । यतिबेला काँग्रेसले आकांक्षीको संख्या होइन, जित्न सक्ने शक्ति कसको हातमा छ भन्ने यथार्थ बुझ्न जरुरी छ ।
स्वतन्त्र पार्टी र जोशी समूहको प्रभाव
अघिल्लो निर्वाचनमा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी हुनुका पछाडि जोशी समूहको संगठित समर्थनको ठूलो भूमिका रहेको राजनीतिक वृत्तमा खुलेर चर्चा हुँदै आएको छ । तर अहिले त्यही समूह स्वतन्त्र पार्टीप्रति सकारात्मक मनस्थितिमा नभएको देखिन्छ ।  जसका कारण वाग्लेको आधार तनहुँ–१ मा कमजोर बन्दै गएको विश्लेषकहरूको धारणा छ ।
यस्तो अवस्थामा यदि स्वतन्त्र पार्टीले दीपक राज जोशीलाई तनहुँ–१  सम्भवतः तनहुँ–१ मा उम्मेदवारका रूपमा अघि सार्यो भने चुनावी समीकरण पूर्णरूपमा उल्टिने अनुमान राजनीतिक विश्लेषकहरू गर्छन् । जोशी समूहको जनजाल, ग्रामीण क्षेत्रमा प्रभाव, संगठन चलाउने क्षमता र दीर्घकालीन विश्वासले उनले प्रतिस्पर्धालाई ‘गेम चेन्जर’ बनाइदिन सक्ने आँकलन बलियो छ । यदि स्वतन्त्र पार्टी र जोशी समूहबीच आगामी संघीय, प्रदेश र स्थानीय तहसम्म सहकार्य भयो भने, तनहुँमा दीर्घकालीन राजनीतिक सन्तुलन नै फेरिने सम्भावना छ ।
स्वतन्त्र पार्टीका लागि  वाग्लेलाई तनहुँ–१ मा यस पटक चुनाव जित्न अघिल्लो पटकजस्तो सहज अवस्था छैन । वाग्लेको अघिल्लो विजयमा जोशी समूहको ठूलो योगदान रहेको कुरा तनहुँको राजनीतिक वृत्तमा खुलेर चर्चा गरिँदै आएको छ । तर अहिलेको अवस्थालाई हेर्दा जोशी समूह स्वतन्त्र पार्टीलाई सहयोग गर्ने मनस्थितिमा छैन । यही कारण स्वतन्त्र पार्टीको आधार तनहुँ–१ मा पहिलाजस्तो बलियो देखिँदैन । यस्तो परिस्थितिमा यदि स्वतन्त्र पार्टीले दीपक राज जोशीलाई तनहुँ–१ बाट प्रतिनिधि सभा उम्मेदवारका रूपमा अघि सारेको खण्डमा तनहुँ–१ मात्र होइन, तनहुँ–२ मा समेत चुनाव जित्न सक्ने स्पष्ट आधार रहने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
जोशी समूहको सांगठनिक शक्ति, कार्यकर्ताको गहिरो जालो, जनतासँगको प्रत्यक्ष सम्बन्ध र विगतदेखि कायम रहेको विश्वासले गर्दा दीपक राज जोशीको उम्मेदवारी स्वतन्त्र पार्टीका लागि ‘गेम चेन्जर’ बन्न सक्ने आँकलन गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो सम्भावना केवल संघीय निर्वाचनमा मात्र सीमित छैन। यदि आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पनि जोशी समूहसँग तालमेल गरेर स्वतन्त्र पार्टी चुनावी प्रतिस्पर्धामा उत्रियो भने, तनहुँमा प्रदेश र स्थानीय तह दुवैमा दीर्घकालीन राजनीतिक वर्चस्व कायम गर्न सक्ने अवसर पैदा हुनेछ । खासगरी जोशी समूहको ग्रामीण क्षेत्र, युवा र पुराना आधार कार्यकर्तामाझ रहेको प्रभावले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ उचाइमा पु¥याउन सक्ने आँकलन गरिएको छ । यसैले तनहुँको बदलिँदो राजनीतिक समीकरणमा स्वतन्त्र पार्टीका लागि व्यक्ति चयन मात्र होइन, कुन समूहसँग विश्वासका साथ सहकार्य गर्ने भन्ने निर्णय नै निर्णायक बन्ने देखिएको छ । यो निर्णय सही रूपमा लिन सकिए तनहुँको राजनीति मात्र होइन, गण्डकी प्रदेशकै शक्ति सन्तुलनमा समेत ठूलो परिवर्तन आउन सक्ने सम्भावना प्रबल हुँदै गएको छ ।
पाँच दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा नेपाली काँग्रेसको संगठन निर्माणमा खटिँदै आएका धेरै निष्ठावान् सिपाहीहरूलाई पार्टीले पटक–पटक पाखा लगाए पनि उनीहरू अर्को पार्टीमा भने जोडिएका छैनन् । नेतृत्वप्रति असन्तुष्टि, टिकट वितरणप्रतिको असहमति, र निर्णय प्रक्रियामा उनीहरूलाई बेवास्ता गरिएको गुनासो हुँदाहुँदै पनि ती पुराना काँग्रेसजनहरूले आफ्नो राजनीतिक पहिचान भने त्यागेका छैनन् । उनीहरू आज पनि मन, मुटु र स्मृतिमा काँग्रेसलाई नै बोकेर हिँडिरहेको अवस्था छ ।
यिनै काँग्रेसप्रति भावनात्मक रूपमा बाँधिएका तर संगठनात्मक रूपमा ओझेलमा परेका कार्यकर्ता र नेताहरूको ठूलो जमात आज जोशी समूहमा आबद्ध देखिन्छ । पार्टी नेतृत्वबाट उपेक्षित भए पनि वैचारिक रूपमा काँग्रेस नछाडेका यी व्यक्तिहरू जोशी समूहमार्फत आफ्नो राजनीतिक अस्मिता जोगाइरहेका छन् । जोशी समूह उनीहरूका लागि केवल एउटा गुट होइन, लामो समयसम्म योगदान दिएर पनि पहिचान नपाएका काँग्रेसजनहरूको साझा आश्रयस्थल बनेको विश्लेषकहरूको भनाइ छ ।
खासगरी जोशी समूहको ग्रामीण क्षेत्र, युवा र पुराना आधार कार्यकर्तामाझ रहेको प्रभावले स्वतन्त्र पार्टीलाई नयाँ उचाइमा पु¥याउन सक्ने आँकलन गरिएको छ । यसैले तनहुँको बदलिँदो राजनीतिक समीकरणमा स्वतन्त्र पार्टीका लागि व्यक्ति चयन मात्र होइन, कुन समूहसँग विश्वासका साथ सहकार्य गर्ने भन्ने निर्णय नै निर्णायक बन्ने देखिएको छ । यो निर्णय सही रूपमा लिन सकिए तनहुँको राजनीति मात्र होइन, गण्डकी प्रदेशकै शक्ति सन्तुलनमा समेत ठूलो परिवर्तन आउन सक्ने सम्भावना प्रबल हुँदै गएको छ ।
यही कारण जोशी समूहसँग आज पनि संगठनात्मक शक्ति मात्र होइन, भावनात्मक आधार पनि मजबुत रहेको देखिन्छ। काँग्रेस नेतृत्वले यस्ता पुराना, निष्ठावान् कार्यकर्ताको भावना बुझेर समेट्न नसकेको खण्डमा आगामी दिनमा पार्टीलाई अझ ठूलो राजनीतिक क्षति पुग्न सक्ने चेतावनीसमेत स्थानीय राजनीतिक वृत्तमा खुलेर व्यक्त भइरहेको छ ।
अन्त्यमा—निर्णायक मोडमा काँग्रेस
तनहुँ–१ मा चुनाव जित्नु काँग्रेसका लागि अझै असम्भव छैन । तर यसको शर्त एउटै छ । आधारस्तम्भ कार्यकर्ताको सम्मान, समूह व्यवस्थापन, टिकट वितरणमा न्याय र संगठनभित्र सन्तुलन । यदि नेतृत्वले अहिल्यै सही निर्णय गर्न सकेन भने, काँग्रेसले अर्को गम्भीर राजनीतिक धक्का भोग्नुपर्ने जोखिम उच्च छ । यो निर्वाचन व्यक्तिको मात्र परीक्षा होइन—काँग्रेसभित्र संगठन, न्याय र आन्तरिक एकताको वास्तविक परीक्षण हो । नेतृत्वले अब उत्तर दिनुपर्छ—पार्टी शक्तिको भरोसा गर्छ, कि फेरि समीकरण र व्यक्तिगत आकांक्षाको भ्रममै अर्को अवसर खोसिन्छ ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्