व्यास १ बिज्ञानचौर स्थित रहेको आदिकिवि भानुभक्त क्याम्पसको ३७ औँ बाषिकोत्सब सोमबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कार्यक्रमको उदघाटन गर्दै मुख्यमन्त्री पाण्डेले क्युएए मान्यता प्राप्त आदिकवि भानुभक्त क्याम्पसलाई प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको थियो । सोहि कार्यक्रममा क्याम्पसका ११ क्लब मध्य सर्बोत्कृष्ट क्लब एबि आईटिलाई मन्त्रिले ट्रफि र प्रमाणत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रम क्याम्पस सन्चालक समिति अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि जित प्रकाश आले , गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर चुमान , गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठ , प्रदेश पूर्वमन्त्री दोबाटे बिक, पूर्व सांसद सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगर प्रमुख बैकुण्ठ न्यैपाने , ऋिषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, लगाएतले बोल्नुभएको थियो ।
सो कार्यक्रममा क्याम्पसका प्र महाप्रसाद हड्खलेले वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।सो कार्यक्रमको संचालन भने क्याम्पसका सहायक प्र डा.रामकुमार अधिकारीद्धारा भएको थियो ।


