सुन तोलामा १५०० बढ्यो, नयाँ मूल्य रेकर्ड

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

 काठमाडौं – सुनको भाउ तोलामा १५०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २०६५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २१०५ रुपैयाँ कायम भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्