सुनको मूल्यले प्रतितोला १ लाख ५० हजार पुग्यो

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३०० रुपैयाँले बढेकोे छ । आज छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले बताएको छ । आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्