अण्डाको मूल्य बढ्यो, ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ

तनहुँ भण्डाफोर
  • ख-
  • ख+

काठमाडौं _ नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।
संघको शुक्रबार बसेको बैठकले शनिबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि tanahunbhandafor@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्