दमौली- तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ४ करोड ९३ लाख ७६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट घोषणा गरेको हो ।
समध्ये चालु खर्च तर्फ रु.९५ करोड ७३ लाख ५६ हजार विनियोजन गरिएको छ भने पूँजीगत तर्फ १ अर्ब ९ करोड २० लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
आय तर्फ भने संघ सरकारको सशर्त चालु अनुदान रु. ५८ करोड ३१ लाख ७ हजार , संघ सरकरको सशर्त पूँजीगत अनुदान रु.५७ करोड ९९ लाख , संघ सरकारको वित्तिय समानीकरण अनुदान रु .१८ करोड ९ लाख , आन्तरिक श्रोतको आयबाट रु .१८ करोड , संघ सरकारको राजश्व बाँडफाँडबाट रु.१६ करोड ३६ लाख ,नगर विकास कोषबाट ऋण रु. १५ करोड ,राजश्व बाँडफाँड अन्र्तगत मालपोत रजिष्टेसनबाट रु. ५ करोड ८० लाख ,अल्या सञ्चित कोषबाट रु.५ करोड २ लाख ९० हजार ,प्रदेश वित्तिय समानीकरण अनुदान रु.२ करोड ५९लाख ८ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु.२ करोड ५१ लाख ७१ हजार ,संघ सरकारको सडक बोर्ड नेपालबाट रु.१ करोड , संघ सरकारको नवप्रवर्तनीय कार्यक्रमबाट रु.१ करोड, प्रदेशको नवप्रर्वतनीय कार्यक्रमबाट रु.६५ लाख ,संघ सको समपुरका अनुदान रु.६० लाख , प्रदेशको समपुरक अनुदान रु.६० लाख ,जिल्ला समन्वय समिति कोष सहयोग अनुदान रु.५० लाख ,जनसहभागिता नगदबाट रु. ५० लाख र प्रदेशको विशेष अनुदान रु.४० लाख रहेको छ ।